राष्ट्रिय जनमोर्चाको सतबार्षिकी अभियान सुरु

Posted on: 21 Jan, 2017

माघ ८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले अर्घाखाँची सन्चालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम अन्तरगत अर्घाखाँचीमा अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान सन्चालनको पाँच वटा टोलि मध्ये चार नम्बर टोलिले आजबाट अभियान सुरु गरेको छ । 

चार नम्बर टोलिले शुक्रबार सन्धिखर्कको खाचिकोटमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पुर्व महासचिव सन्त बहादुर नेपालीले मन्तव्य राख्दै नेपालको राष्ट्रियता इतिहासकै जोखिममा रहेको भन्दै राष्ट्रिय स्वाधीनताको निम्ति सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ । 

उहाँले भारतकै योजनामा आएको संघियतानै नेपालको संविधान कार्यान्वयनमा बाधक बनेकोले संघियता खारेजीको विकल्प नभएको दाबी गर्नुभएको छ । महासचिव नेपालीले पछिल्लो समयमा भारतले नेपालको कुटनैतिक मर्यादालाई कुल्चेर आफ्ना गतिविधि बढाउदा समेत सरकार मुकदर्शक बन्नु दुस्खद भएको बताउदै सबै नेपाली राष्ट्रियताको लडाइँमा एक हुनुपर्नेमा जोड दिनुभएको थियो । 

भेलाले दिलदार हुसेनको अध्यक्षतामा एघार सदस्यीय शतबार्षिकी अभियान परिचालन समिति खाचिकोटको गठन गरेको छ । जसको सदस्यहरुमा पिताम्बर भट्टराई,सिद्दी भट्टराई,नारायण क्षेत्री,हस्त बहादुर पाण्डे,बसन्त खड्का,धन बहादुर के.सी.,पुन बहादुर नेपाली,गोपाल प्रसाद खनाल,निर्मला भट्टराई र डुक बहादुर के.सी. रहनुभएको छ । 

प्रशिक्षण भेलामा ने.क.पा.मसाल का जिल्ला प्रवक्ता थम्मन के.सी.,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी.,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेक बहादुर थापा,टोलि सदस्य पिताम्बर भट्टराई,अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कबिराम खनाल,अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई,अखिल नेपाल महिला संघकि जिल्ला कोषाध्यक्ष मिना बि.सी.र जातीय समता समाजका जिल्ला कोषाध्यक्ष राजेन्द्र नेपालीले सहजीकरण गर्नुभएको थियो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!