सूचनाको हक सम्वन्धी अनुभव आदानप्रदान कार्यक्रम समपन्न

Posted on: 16 Dec, 2016

पुस १, अर्घाखाँची | सूचना तथा सुशासन अभियान, सिआईजीले अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १४ र १५ डिर्भनाका  स्थानियहरुलाई लक्षित गरि  बिजय उच्चमावि डिर्भनामा सूचनाको अधिकार सम्वन्धी अनुभव आदानप्रदान कार्यक्रम समपन्न गरेको छ । वडा सचिव कुलदिप भुसालको अध्यक्षता र बिजय उच्चमाविका प्रअ भुपाल आर्चायको प्रमुख आथित्यतामा समपन्न उक्त कार्यक्रममा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले भिजुअल मार्फत सूचनाको हक सम्वन्धमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

सिआईजी सहसचिव नविन के शि को सन्चालनमा सम्पन्न कार्यक्रमका सहभागीहरुले आजसम्म आफुहरुलाई राज्यले प्रदान गरेको अधिकार जानकारी नभएको र सिआईजी मार्फत जानकारी हुन पुगेकोमा खुशि ब्यक्त गर्दै आफुहरुले आफनो अधिकारलाई ब्यवहारमा उर्ताने बताएका थिए ।

कार्यक्रममा सार्वजनिक निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई सूचनाको हकलाई झल्काउने होडिङ्ग बोर्ड र आवस्यकिय पाठयसामाग्रीहरु निशुल्क बितरण गरिदाँ सहभागीहरुमा खुशियाली छाउनुको साथै सिआईजी अभियानले आफुहरुलाई निर्विकल्प बाँच्न सिकाएको भन्दै कारणवश आफुहरु सिआईजी कार्यक्रममा उपस्थीत नभएको भए धेरै कुरा गुम्ने सहभागीहरुको भनाई रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!