सन्धिखर्क वडानम्वर दुईको आयोजनामा महिला नेतृत्व बिकास तालीम सुरु

Posted on: 22 Feb, 2018

फागुन १०, सन्धिखर्क | सन्धिखर्क नगरपालीका वडानम्बर २ को आयोजनामा आज देखी तिन दिने महिला नेतृत्व बिकास तालीम सुरु भएको छ । 

सन्धिखर्क स्थीत सूर्योदय महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा सन्चालन भएको तालीमको वडानम्बर २ का अध्यक्ष मोतिजंग रायमाझीले ब्यानर बाचन गरी उद्घाटन गर्नु भएको हो । उद्घाटन मनतब्य राख्दै अध्यक्ष रायमाझीले नेतृत्व बिकासले ब्यक्तिको जिबनमा महत्वपुर्ण अर्थ राख्ने भन्दै मानबिय चेतनाको बिकास बिना कुनैपनि क्षेत्रको  बिकास गर्न नसकिने बताउनु भएको थियो । 


कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी अर्घाखाँचीका अध्यक्ष तथा तालीमका प्रशिक्षक शम्भु पोखे्रल, प्रशिक्षक पबित्रा भट्टराई, महिला मानब अधिकार कर्मी कमला भुसाल, शान्ता पन्थी, पत्रकार श्याम घिमिरे, जितेन्द्र खत्रि लगायतले तालीम सफलताको शुभकामना दिनु भएको थियो ।  उद्घाटन कार्यक्रम महिला सदस्य सुश्मा श्रेष्ठको अध्यक्षता, मिना साँवतको स्वागत मनतब्य र वडा सचिब   बिष्णु आचार्यको सन्चालनमा सम्पन्न भएको हो तालीममा दुई नम्बर वडाका करीब ३५ जना महिलाहरुको सहभागीता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!