बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुदै

Posted on: 29 Jul, 2019

सुनिल कुँवर | साउन १३, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटि (IT from Himalayas ICT Quiz-2019)ले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ | उक्त प्रतियोगितामा बझाङ जिल्ला भित्र रहेका सामुदायिक तथा बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ | 

प्रतियोगिता २०७६ साल कार्तिक ७ र ८ गते हुने र एसईईमा सामेल नभएका अर्थात् अन्डर एसईईका विद्यार्थीहरुमात्र सामेल हुन् पाउने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टले जानकारी दिएका छन्  | उनले भने " बझाङका सामुद्दायिक तथा निजि  बिद्यालयमा अध्यनरत अन्डर एसईईका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानिय निकाय, संघ सस्था र स्वदेश तथा बिदेशमा बस्नुहुने बझाङबासीको सहयोगमा "IT from Himalayas" र "बुङ्गल बिकास समाज" द्वारा आयोजना गरेका हौ " |

आई टि फर्म हिमालयाज आई सिटिले बिगत केहि बर्ष देखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ | सूचना  र प्रविधिको  बर्तमान समाजमा विद्यार्थीहरुको बौदिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउनको लागि उक्त प्रतियोगिता आयोजनमा गरेको हो | 

प्रतियोगितामा ५० प्रतिशत कम्प्युटर बाट , २५ प्रतिशत सामान्य ज्ञान र बौदिक प्रश्नबाट , १० प्रतिशत गाणितबाट , १० प्रतिशत बिज्ञानबाट र ५ प्रतिशत प्रश्न अंग्रेजीबाट सोधिने छ | 

बिद्यालभन्दा बाहिरबाट सहभागिता जनाउन नपाउने , ४ जनाको टिम हुनु पर्ने , एसईईमा सामेल नभएको , बझाङ्ग जिल्ला भित्र स्थाई बसोबासभई  बझाङ्ग जिल्ला भित्रकै सामुदायिकतथा निजि  बिद्यालयमा  पढीरहेको हुनुपर्ने,  टिम दर्ता  शुल्क १५ सय लाग्नेछ  र प्रथमहुने लाई  कप सहित ४ वटा ल्यापटप, दिर्तिय र तिर्तियलाई कपका साथै प्रमाण पत्र र पुरस्कारको ब्यबस्था  गरिएको छ | 

बिज्ञान र प्रविधि सुहाउदो बिषयमा प्रश्नहरु सोधिने  छन् |  प्रतियोगिता  बझाङ्गको बुङ्गल नगरपालिका वडा नं ४, सरस्वती माध्यामिक बिद्यालय  बिजगडामा हुने भएको छ | प्रमुख अथिति  बुङ्गल नगरपालिकाका  नगर प्रमुख रहने समेत IT from Himalayas ICT ले जानकारी दिएको छ | 

जानकारीको को लागि आई टि फर्म हिमालयाज आई सिटिको वेबसाइटमा गएर पनि थाहा पाउन सकिने छ |  Website: www.ith.org.np, Akkal Bahadur Bist 9849781134



यस बिषयमा तपाइको प्रतिक्रिया...!