४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

शिलदेवी मेलाको अबसरमा बझाङमा खुल्ला भलिवल प्रतियोगिता हुने

२ आश्विन २०७४, सोमबार ०८:४८

मकरराज धामी/असोज २, बझाङ । बझाङ जिल्लाको सबै भन्दा प्रशिद्ध मेला शिलदेवीको अवसरमा खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । बझाङ उद्योग बाणिज्य संघकोे आयोजनामा यहि असोज १८ गते महीला पुरुष खुल्ला भलीबल प्रतियोगिता र डेउडा प्रतियोगिता हुने भएको छ । 

भलीबल प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई एक लाख एक हजार ( १,०१०००) द्धितिय एकहत्तर हजार ( ७१,०००) तोकीएको बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । पुरुषका लागी टिम दर्ता शुल्क ५००० तोकीएको छ भने महीलाको हकमा २००० तोकीएको छ ।  बझाङ जिल्लाको अहिले सम्मकै ठुलो धन राशिको पुरस्कारको ब्यावस्थाका साथ खेल सन्चालन गरीन लागीएको उहाँको भनाई छ । 

यस्तै महिला खुल्ला भलीबल प्रतियोगिताका लागी भने प्रथम पुरस्कार  २०,०००, द्धितिय १५,०००, र तृतिय १०,००० रहेको छ । सिलदेवि मेलाको अवसरपारी खुल्ला देउडा प्रतियोगितको आयोजना समेत गरीएको उद्योग बाणिज्य संघले जनाएको छ । जस अनुसार डेउडा प्रतियोगितामा भाग लिन चाहाने डेउडा खेलाडीहले नाम दर्ता गराउन ५००  ताकीएको छ । देउडा प्रतियोगितामा प्रथम हुनलाई १५ हजार, द्धितीय लाई १० हजार र तृतीय हुनेलाई भने ५ हजार पुरस्कारको ब्यावस्था गरीएको छ । 

कोजाग्रत पुर्णिमाको दिनबाट सुरु हुने यो मेला ३ दिन सम्म चल्ने गर्दछ । एघारौं शताब्ती तिर दुर्गा देवी की १६ बहिनी मध्य सुर्मा देवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापालाई काक्रो माग्दा नदिए पछि आफ्नो दिब्य शक्तीले सेती नदी र बाहुलीगाड खोलाको बहाब बढाई चैनपुर बगाइ दिएको किवंदन्ती रहेको छ । 

किवंदन्ती अनुसार कोजाग्रत पुर्णिमाको दिन भएको सो घटना चैनपुर उपत्यकाको विच भागमा रहेको ढुङगामा बसेर सुर्मा देवीले रमाइलो मानि हेरेकोले सोही ढुङ्गा (शिल) लाई यहाका मानिसले मन्दिर बनाई पुजा गर्ने गरेका हुन । त्यही दिनको सम्झनामा रमाइलोको लागी प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाको दिन मेला लाग्ने गरेको बझाङ जिल्लाको धार्मिक इतिहासका अध्येता विण्णु भक्त शास्त्री बताए । 

शास्त्रीका अनुसार पछि सोह्रौ शताब्दी तिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भब्य वनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आर्कषक बनाउन उनले पहल गरेका हुन । मेलाको दिन आएर शिलदेवीको दर्शन गरेमा पुण्य प्राप्त हुने र इच्छित बर प्राप्त हुने भएकाले यो मेलाको महत्व अझ बढेको शास्त्रीको भनाई छ । 

मेला हेर्नका लागी बझाङ लगायत सुदुर पश्चिमका विभिन्न जिल्लाबाट दर्शनार्थीहरु बझाङ सदरमुकाम आउने गर्दछन । मेलाको अवसर पारेर यहाका विभिन्न संघ संस्थाले विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना गर्ने तयारीमा लागेका उद्योग बाणिज्य संघल जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ