झण्डै २ सातापछि संञ्चालनमा आयो बझाङको सडक र विद्युत

Posted on: 21 Jul, 2017

सम्राट सिंह/साउन ६, बझाङ । अविरल बर्षाका कारण पहिरो गई झण्डै २ साता अवरुद्व भएको बझाङ सडक र विद्युत संञ्चालनमा आएको छ । 

बर्षाका कारण २ साता अगाडी देखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग र विद्युत बिहिबार साँझ देखि सञ्चालनमा आएको हो । 

पहिरोका कारण तमेल बजार नजिकै मालुमेलामा को भिरमा सडक अवरुद्व भएको थियो भने पहिरो कै कारण दौलिचौरको डोग्रीमा विद्युतको पर्खाल भत्किदा विद्युत अवरुद्व भएको थियो ।

सडक तथा पर्खाल नै भाँसिने गरी गएको पहिरोले लामो समयसम्म सडक र विद्युत र अवरुद्व हुँदा मर्कामा सेवाग्राहीहरु एकै दिन विद्युत र सडक संञ्चालनमा आउँदा  हर्षित बनेका छन । 

झण्डै २ साता सम्म अवरुद्व भएको सडकमा तलबाट पर्खाल निर्माण गरेर यातायातका साधन संञ्चालनमा ल्याएको जिल्ला सडक डिभिजन कार्यालय बझाङले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!