सडकको छेउमा बेवारिसे झोलामा भेटियो १ लाख नगद ५ लाख ४० हजारको चेक

Posted on: 07 Aug, 2019

सम्राट सिंह | साउन २२, बझाङ | बैतडी जिल्लाको सिगास गाउँपालिका नजिक सडकको छेउमा बेवारिसे झोलामा १ लाख नगद ५ लाख ४० हजारको चेक र अन्य प्रमाणपत्रहरु भेटिएको छ । मंगलबार बझाङबाट धनगढी जाने क्रममा जयपृथ्वी नगरपालिका बझाङका मेयर बिरेन्द्र्र खडकाको टोलीले बेवारिसे झोलामा उक्त रकम भेटाएको हो । 

उक्त झोला भित्र बझाङ जिल्लाका साविकको देउलीकोट गाविस ५ का राइभान बोहराका २४ बर्षिय छोरा बसन्त बोहराको नागरिकता पनि भेटिएको मेयर खडकाले जानकारी दिए । सडकको छेउमै कालो झोला खसेको देख्दा बसको छतबाट खसेको हुनसक्ने भन्दै झोला समातेको तर खोलेर हेर्दा उक्त रकम र नागरिकताका प्रमाणपत्र  भेटिएको उनको भनाइ छ । 

बसन्त बोहराको नागरिकता पनि झोलाभित्र भेटिएको हुदा उहाँलाई चिन्नुहुने जोकोहिले पनि जयपृथ्वी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक बहादुर सिंहको मोवाइल नम्बर ९८४८४३६१३८ र मेयर खडका मोवाइल नम्बर ९७४११९५७२५मा सम्पर्क गर्नहुन अनुरोध गरेका छन ।  श    ए६  बझाङबाट धनगढी जादै गर्दा सडकको छेउमा एउटा कालो झोला भेटाएको छ ।

 झोला भित्र १ लाख नगद र ५ लाख ४० हजारको बसन्त बोहराको नाममा नै काटिएको चेक पनि फेला परेको छ । सो झोला भित्र भेटिएको हुदा उहालाई चिन्नु हुने महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गर्नहुन अनुरोध छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!