बझाङको बुङ्गलमा नदीले बगाउँदा एकजना बेपता

Posted on: 03 Sep, 2019

भदौ १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका ५ लालिबगरबाट घर जाने क्रममा सानिगाड नदीले बगाउदा एक जना बेपता भएका छन् |

बेपता हुनेमा बुङ्गल नगरपालिका ४ खिरातडीका करिब ४२ बर्षिय दलबिरे कार्की रहेको स्थानीय शेरबहादुर कुँवरले जानकारी दिए | आज बिहान ११ बजेतिर लालिबगरबाट खिरातडी जानेक्रममा झापा नजिकै (सौकाभराण) स्थित सानिगाड नदि तर्नेक्रममा उनी बेपता भएका हुन् |

अहिले खोजीकार्य जारी रहेको कुँवरले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!