गाउँपालिकाको गाडिमा आगजनी गरेको आशंकामा एकजना पक्राउ

Posted on: 15 Sep, 2019

सम्राट सिंह | भदौ २९, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरेको आशंकामा एकजना पक्राउ परेका छन् | घटनामा संलग्न भएको हुनसक्ने भन्दै सोही गाउँपालिकाका स्थानिय अम्मर महरलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढेको प्रहरीले जनाएको छ | 


शनिवार देउलेख बजारमा पार्किङ गरेर राखेको गाँउपालीकाको से १ झ २७४ नम्बरका गाडीमा अज्ञात समुहले आगजनी गरेको थियो | आगजनी हुँदा गाडि जलेर गाडिका गाडिको अगाडिको भाग पुर्ण रुपमा क्षती भएको छ । 

शनिवार राती करीव १ बजेतिर  ३० बित्थड चिर गाउँपालिकाको गाडिमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता प्रहरी निरिक्षक इश्वरी दत्त पाण्डेय ले जानकारी दिए । उनले भने। 

गाडिमा आगजनी नेकपा बिप्लब समुहका कार्यकर्ताले लगाएको हुनसक्ने अनुमान गरेको छ  | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!