बझाङको बुङ्गलमा फेला परेको बम नेपाली सेनाले गर्यो डिस्पोजल

Posted on: 06 Nov, 2019

कार्तिक २०, बझाङ | बझाङ जिल्लाको बुङ्गल नगरपालिका ६ दान्तोलिमा फेला परेको बम नेपाली सेनाद्वारा डिस्पोजल गरिएको छ | खेत जोत्नेक्रममा मंगलबार प्लास्टिकको ड्रम भित्र बम फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् |

बुधबार नेपाली सेनाको टोलीले बम डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ | खेतमा प्लाष्टिकको ड्रम भित्र खिया लागेको अवस्थामा ६९ वटा बम भेटिए पछि द्वन्द्कालीन अवस्थामा राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बहादुर बमले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!