दोलखा बैत्यश्वरको अन्तिम नतिजा यस्तो आयो, को को भए विजयी ?

Posted on: 17 May, 2017

ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका छवि लामा विजयी भएका छन ।

भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार लामाले निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश उप्रेतिलाई २१२६ मत अन्तरले पछाडि पारेका हुन । जस अनुसार लामाले ७ हजार १ सय २९ र उप्रेतिले ५ हजार ३ मत प्राप्त गरेका थिए । लामा नेपाली काङ्ग्रेसका उम्मेद्वार हुन ।

त्यसैगरी उपप्रमुखमा पनि गठबन्धन अन्र्तगत माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएका छन । अचार्यले ७  हजार ५ सय ११ र निकटतम प्रतिद्वन्द्व एमालेकी शान्तिमाया तामाङले ४ हजार ४ सय मत प्राप्त गरेकी थिईन ।

बैत्यश्वर गाउँपालिकाका ८ वडा मध्ये  १,२,३ र ६ मा नेपाली काङ्ग्रेस, ४,५ र ७ मा एमाले तथा ८ मा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!