दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

Posted on: 01 Dec, 2022

मङ्सिर १५, दोलखा | दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज  मतदान गर्ने निर्णय गरेको थियो । 

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!