गुल्मीमा दुई जना पत्रकार वडाध्यक्षमा भिड्दै

Posted on: 25 Jun, 2017


प्रेम सुनार | असार–११, गुल्मी । गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१ , साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा  माओवादी केन्द्रको तर्फबाट पत्रकार घनाश्याम खरेल र  रेसुङ्गा नगरपालिका वडा नम्वर– ६  साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी  प्रतिष्पर्धामा उत्रिएका हुन् । खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव र विभिन्न सञ्चार माध्यमा अवद्ध छन भने मरासिनी सुराक पत्र साप्ताहिकका सम्पादक हुन् । 

दुवै पत्रकार विसावाईसे उमेरका युवाहरु हुन् । दुवै जनाले जित्ने दावि गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!