गुल्मीमा पछिल्लो तिन बर्षमा बन्द हड्ताल शुन्य प्राय

Posted on: 15 Aug, 2018

प्रेम सुनार। साउन–३०, गुल्मी। राजनैतिक दल वा कुनै संघ संस्थाबाट हुने आन्दोलनका कार्यक्रम , त्यसमा पनि बन्द हड्ताल शुन्य प्राय हुँदै आएको गुल्मीको एक सरकारी कार्यालयको तत्थाङकले देखाएको छ ।  जिल्ला ट्राफिक कार्यालयको तथ्याङकले यस्तो देखाएको हो ।

सो कार्यालयका तथ्याङक अनुसार गत आर्थिक बर्षमा बन्द र सडक जाम जम्मा ११ घण्टा भएको थियो ।  जब कि तेश्रो बर्ष ३ सय १२ घण्टा बन्द र सडक जाम भएको थियो । दोश्रो बर्ष १२ घण्टा भएको थियो । यसबाट नागरिकहरु  राज्य प्रति सन्तोष, शान्ति र समृद्धि तर्फ लागेका हुन कि भन्ने देखाउँछ ।

सवारी दुर्घटनामा पनि कमी

गत आर्थिक बर्षमा गुल्मीमा साना ठुला गरी १७ वटा सवारी साधन दुर्घटना भएको र १९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको श्रावण देखि असार मशान्त सम्म  बस २, जिप ४,  ट्याक्टर ५, मोटर साईकल ७ अन्य १ सहित १७ वटा सवारी साधन दुर्घटना भएको  पुरुष १४ र महिला ५ सहित १९ जनाको मृत्यु भएको सो कार्यालयका वार्षिक विवरणमा उल्लेख छ ।

गत तिन बर्षमा क्रमशः दुर्घटनामा कमी आएको देखिएको छ । २०७३ सालमा २८ वटा सवारी साधन दुर्घटनामा परेका थिए १९ जनाको मृत्यु भएको थियो । २०७४ सालमा २१  व्वटा सवारी साधन र १५ जनाको मृत्यु भएको थियो । गत वर्षको कार्तिक महिनामा विरवासमा  जिप कार दुर्घटना हुँदा १० जना पुरुष र ४ महिला सहित १४ जनाको ज्यान गएको थियो ।

बढि दुर्घटना दशै तिहार अशोज र कार्तिकमा भएका छन ।  ट्राफिक प्रहरी प्रमुख डोरबहादुर थापाका अनुसार ट्रापिलक नियम पालनमा कडाई गरिएको र जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएकोले पनि दुर्घटना न्युनिकरण हुन सकेको हो । उनले  गत आर्थिक बर्षमा ट्रफिक नियम पालना नगर्ने कुल ४ सय ५४ सवारी साधनलाई कार्वाही गरिएको  थियो ।

त्यसबाट  गत आर्थिक वर्ष कुल २८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको  जनाएका छन ।  गत आर्थिक बर्षभर ट्रफिकले  विभिन्न स्थानिय तह, संघ संस्था र जिल्लाका झण्डै दुई दर्जन विद्यालयमा पुगेर जनचेनामुलक कार्यक्रम गरेको छ   ।

ट्राफिक प्रहरीले रेसुङ्गा नगरपालिका संगको सहकार्यमा सदरमुकाम तम्घस वजार क्षेत्रमा नो पार्किङ्ग कार्यक्रम घोषणा गरी मोटर साईकलहरु तोकिएको स्थानमा मात्र पार्किङ्गको व्यवस्था गत आर्थिक बर्षबाट सुरु गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!