डरलाग्दो ५ घटना: महिलालाई जलाउनेदेखि पानीमा विषसम्म मिसाउनेसम्म

Posted on: 16 Aug, 2018

प्रेम सुनार । साउन–३१,  गुल्मी। लामो समय देखि गुल्मीकी एक महिलालले अज्ञात ब्यक्तिबाट डर लाग्दो ज्यादती खेप्दै आएकी छन । रेसुङ्गा नगरपालिका वडा नम्वर–१० । सिमिचौकी ३३ बर्षिया गोमा पाण्डेले २०६२ साल देखि गएरातीसम्म पटक पटक ज्यानै लिने गरी अज्ञात ब्यक्तिको ज्यादती खेप्दै आएकी हुन् ।


२०५८ सालमा उनको छिमेक नजिकै पर्ने अर्घाखाँचीको काउलेबाट विवाह भएको थियो । त्यसको चार बर्षपछिबाट पटक पटक उनिमाथी अज्ञात ब्यक्तिले ज्यादती गर्दै आएको छ । हरेक घटनाको प्रकृति हेर्दा ज्यादती गर्ने ब्यक्ति एउटा मात्र देखिन्छ ।

गत ६ वर्ष देखि दुवईमा कार्यरत रहेका र  बर्षेनी घर आवत जावत गरी रहेका उनका श्रीमान गणेश पाण्डे विवाह गर्ने ताका भारतमा काम गर्थे । विवाह पछि उनि पनि   श्रीमानसंगै भारतमा गएर बसुञ्जेलसम्म कसैले केहि गरेको थिएन । जब घर आईन तब सुरु भयो ज्यादती ।

घटना नम्वर १– २०६२ सालमा उनि सुत्ने कोठामा अज्ञात ब्यक्तिले आगो लगाई दियो । संयोगले त्यस दिन माईती गएको बेला परेकोले उनि बाँचेकी थिईन । तर उनको कोठाको हजारौं मुल्य बरबरको सामग्री जलेर नष्ट भयो । प्रहरीकहाँ उनि अनुसन्धान गरी पाउँ भनि आईन । प्रहरी घटना स्थलमा पुग्यो तर पत्ता लगाउन सकेन ।

घटना नम्वर–२– फेरी २०६५ सालमा उनको घरको गाग्री र ताउलाको पानीमा विष राखी दियो । ताउलाको पानी खान साथ भैसी मर्यो । त्यो थाह पाएपछि उनले  गाग्रीको पानी प्रयोग नगरेर बँचिन । त्यति बेला पनि प्रहरीमा उजुरीका नाममा उजुरी मात्रै हुन पुग्यो ।

घटना नम्वर–३ – २०६९ सालमा उनको पाँच सय लिटरको पानी ट्याङकस् धारिलो हतियारले धुजाधुजा पारे फुटाई दियो ।  त्यति वेला पनि प्रहरी आयो गयो मात्रै । उजुरीका लागि प्रहरीमा आउनु धाउनु मात्रैको सास्तीमा परिन उनि ।

घटना नम्वर ४–  २०७४ साल जेठमा उनको गोठ आगो लगाएर जलाईयो । पुरै नष्ट भयो । दुई वटा बाख्रा जलेर मरे । गोमाको अनुहार पनि जल्यो । त्यस लगत्तै उनको घरको पाँच सय लिटर पानी ट्याङकी हँसियाले धुजाधुजा पारेर फुटाईयो । त्यति वेला पनि प्रहरी गयो आयो मात्रै ।

घटना नम्वर ५–  गएराती फेरी उनको हजार लिटरको पानी ट्याङकी जलाएर नष्ट पारिएको छ ।  अहिले उनि रुँदै जिल्ला प्रहरी कार्यालयमा आएकी छन । एउटै महिलालाई पाँच पटकसम्म ज्यान लिने नियतसम्म अन्य दर्जनौ पटक अन्य क्षति र हिंसाका घटना भई रहँदा प्रहरीले हालसम्म किन यस्तो वेवास्त गर्योयो एउटा छलफल बहसको बिषय बन्लानै । यो पछिल्लो घटनाले अब प्रहरी प्रति सवैको ध्यान जाने भएको छ ।

उनका ति आँशु प्रति अब होला प्रहरी गम्भीर ?

उनि भक्कानिदै  प्रहरीमा पटक पटक भोगेका ज्यादती ब्यक्त गर्दै थिईन । त्यति बेला एक जना प्रहरी अधिकारी भन्दै थिए मान्छे पत्ता लगाउन तपाईहरुले नै सहयोग गर्नु पर्छ । उनि रुँदै भन्छिन–‘म पटक पटकका घटनामा प्रहरी कहाँ आएर आफु सुरक्षित हुन नसकेको निवदेन गरे  । तर, म सुरक्षित हुन सकिन ।’

अक्षर नचिनुन भनेर  बायाँ हातले लेखे जस्तो लाग्ने एउटा पत्र लेखेर उनको घरमा फालिएको छ । त्यसमा विदेशमा रहेका उनका श्रीमान  पाण्डेलाई उक्साउने र घर फुटाउने नियतका साथ उनको चरित्र हत्या गरिएको छ । तेरी स्वास्नीले दुई तिन वटा गर्भ फाली सकि भनेर लेखिएको छ ।

गत वर्ष  श्रीमान आउँदा रातीमा त्यो कागज फालिएको थियो उनले रुँदै भनिन श्रीमान घर आउँदा लेखेको त्यो पत्रमा मेरा दुई छोरा छोरी मारेर फाली दिने धम्की समेत दिईएको छ । यी त भए ठुला घटना मात्रै । २०६२ देखि पटक पटक उनका घर वरी परी साना तिन क्षति ति अज्ञात ब्यक्तिले गर्दै आएका छन ।

कहिले खानेपानीको पाईप काटी दिने , कहिले भित्ते लेखन गरेर उनको चरित्र हत्या गरी दिने । यावद ज्यादती सहँदै आएकी उनि अहिले यो पछिल्लो घटनाले घरबाटै विस्थापित हुने अवस्थामा पुगेकी छन । त्यस पत्रमा उनले आश्था राख्ने पार्टी नेपाली कांग्रेसलाई समेत ईङ्गित गर्दै भनिएको छ तेरी स्वास्नी कांग्रेसकी नेता हुँ भन्दै हिड्छे ।

उनि थप्छीन –‘ उसले मेरो जुन सुकै क्रियाक्लव थाह पाउँछ ।  म मेरो घर भित्र जे खाएकी छु, जे लगाएकी छु , जहाँ हिडेकी छु, सबै सबै कुरा थाह पाउँछ । जुन कुरा उसले सधै कागजको पानामा लेखेर घरको दलान वा भित्तामा लेखेर बताई दिन्छ ।

कसै माथी शंका छ भन्ने प्रश्नमा उनले भन्छिन मेरो कसै संग पनि झगडा परेको छैन । देख्ने गरी मेरा दुश्मन पनि छैनन । कसै संग फोनका केहि केरा पनि हुन्न शंका गर्ने खालका मान्छे छिमेकमा देख्दिँन । बिबहा पुर्व तपाईलाई कसैले एक तर्फी प्रेम गरेको पो थियो र यसो गर्दै छ कि 

?  भन्ने अर्को जिज्ञाषामा उनले भनिन खै मलाई कसैले त्यसो भनेको थिएन क्यारे मलाई केहि थाह भएन ।

त्यस पत्रमा पार्टीको नाम जोडिए पछि नेपाली कांग्रेस रेसुङ्ग नगर सभापति छबि पाण्डे पनि प्रहरीमा पुगेका छन ।   उनि भन्छन–‘२०६२ साल देखि  सदरमुकामको त्यति नजिक र यति धेरै डर लाग्दा घटना घट्दा पनि प्रहरीले अनुसन्धानमा गम्भीता नदेखाउनु विडम्वनाको कुरा हो , यस्तै हो भने यी महिला र उनका सन्तान थप असुरक्षित हुने देखिन्छ । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयकोे ध्यानकृष्ट गराउँदा प्रवक्ता रोशन खड्काले आफुले भर्खर थाह पाउन साथ प्रहरीको टोली घटना स्थलमा पठाएको र त्यसबारे अब गम्भीर अनुसन्धान हुने बताए । उनको घर संग जोडिएको सासु ससुरा बस्ने  बुढो घर छ । जहाँ सासु ससुरा मात्रै बस्छन ।  जेठाजु सधै जसो भारतमा बस्छन । जेठानी दिदी भारतमा गएको ६ महिना भयो । सासु ससुरा संग बोल चाल राम्रै छ । तर आवज जावत भने नभएको उनले बताईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!