गुल्मीमा दाउरा काटने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु

Posted on: 27 Mar, 2019

लक्ष्मी अर्याल | चैत १३, गुल्मी | गुल्मीमा बुधबार  दाउरा काटने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ४ आरुपाटाका बर्ष १५ का रेशम घर्तिका दाउरा काट्ने क्रममा रुखले च्यापेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र बहादुर खडकाका अनुसार बुधबार दिउसो करिब १ बजेतिर दाउरा  काटने क्रममा रुखले च्यापेर मृत्यु भएको भन्दै घर्तिको शबलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइदै गरेको जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!