नयाँ शक्तिको ७५ सदस्यीय जिल्ला कमिटी नेकपामा समाहित

Posted on: 07 Feb, 2019

माघ २४, जाजरकोट (रासस) | नयाँ शक्ति नेपाल पार्टीको जाजरकोट जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । 

कुशे गाउँपालिकास्तरीय नेकपाका अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यले नयाँ जनशक्तिका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष महेन्द्र शर्मालाई स्वागत गर्नुभयो । 

नयाँ शक्तिको ७५ सदस्यीय जिल्ला कमिटी थियो । आचार्यका अनुसार केही दिनभित्रै नयाँ शक्तिका कागजात र कार्यालयका सम्पत्ति नेकपालाई हस्तान्तरण गरिनेछ ।

सोही कार्यक्रममा दलित जनजाति पार्टीका प्रदेशसभाका समानुपतिक उम्मेदवार पवित्रा चदारा, नेपाली काङ्ग्रेसका राजेन्द्र हमाल र हृदयराम जैसी पनि नेकपा प्रवेश गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!