३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

२९ जेष्ठ २०७६, बुधबार ०८:५५

हेमन्त केसी | जेठ २९,जाजरकोट (रासस)बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेकी हो ।”गिट्टी कुटेर आफूले कमाएको रकमबाट भाइ, बहिनीको पढाइ खर्चसमेत धान्ने गरेको उनी बताउँछिन् । 

त्यस्तै सोही ठाउँका सुनिता बस्नेतले पनि पढाइ खर्च जुटाउनका लागि गिट्टी नै कुट्ने गरेकी छिन् । उनले गिट्टी कुटेर प्रतिबोरा रु १२० कमाउने गरेकी छिन् । दैनिक चार बोराभन्दा बढी गिट्टी कुट्ने गरेको बताउँदै उनले त्यसबाट प्राप्त भएको आम्दानीले कापी, कलम र अन्य व्यक्तिगत खर्च गर्ने गरेको बताइन् । उनीसँगै दैनिक गिट्टी कुट्ने अर्की छात्रा पुष्पा बस्नेतले आफूले कमाएको रकमबाट भाइ, बहिनीको पढाइ खर्चसमेत धान्ने गरेको छ । 

यी त केही प्रतिनिधिमूलक पात्रमात्र हुन् । गरीबी र विपन्नताका कारण जिल्लाका अधिकांश बालबालिकाले आफ्नो र भाइ बहिनीको पढाइ खर्च जुटाउनका लागि गिट्टी कुट्ने गरेका छन् ।  शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता विषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकअन्तर्गत राखेको भए पनि गरीबी र विपन्नतामा बाँचिरहेका बालबालिकाले आधारभूत शिक्षा हासिल गर्नका लागि पनि गिट्टी कुट्नुको विकल्प नभएको गुनासो उनीहरुको छ । शिक्षामा सबैको सहज पहुँच पुयाउने सरकारको प्रतिबद्धता र जवाफदेहीता गरीब तथा विपन्न बालबालिकाको घर आँगनमा पुग्न नसकेको आरोप स्थानीयवासीको छ । 

सम्पन्न घर परिवारका बालबालिका सुविधायुक्त महँगो विद्यालयको पढाइमा प्रतिस्पर्धा गरिरहेको बेला गरीबी तथा विपन्नताको कहालीलाग्दो अवस्थामा बाँचिरहेका बालबालिकाले आफ्नो पढाइ खर्च जुटाउन विद्यालयको पढाइ छोडेर गिट्टी कुट्ने गरेका छन् भने यार्सागुम्बा खोज्ने समयमा उनीहरु यसका लागि पाटनतिर जानुपर्ने बाध्यता अझै कायमै रहेको छ । पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम र विद्यालय पोशाकका लागि उनीहरु मजदूरी गर्न बाध्य भएको बालबालिकाले बताएका छन् । 

विद्यालयको पढाइ खर्च जुटाउन नसक्ने अभिभावकका बालबालिकामध्ये कोही यार्सागुम्बा खोज्न र कोही गिट्टी कुट्न बाध्य भएका छन् । जाजरकोटमा मजदूरी गर्ने बालबालिकाको सङ्ख्या यति छ भन्ने कुरा यकिन नभएको स्थानीय सरकारको मताहतमा रहेका महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन