जिल्ला समन्वय समितीको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी

Posted on: 07 Jul, 2017

नन्दराम जैशी/असार २३, जुम्ला । जिल्ला समन्वय समिती जुम्लाको कार्यालयमा विद्यार्थि संगठनहरुले बिहिबार साँझदेखि अनिश्चित कालिन तालाबन्दी गरेका छन् । 

स्थानिय विकास अधिकारीको कार्यकक्ष, प्रशासन र लेखा फाँटमा तालाबन्दी गरीएको छ । जुम्लाका विभिन्न विद्यार्थि संगठनहरुले विगत २ वर्षदेखि राख्दै आएको माग पुरा नभएपछि जिल्ला समन्वय समिती जुम्लाको कार्यालयमा विद्यार्थिले अनिश्चित कालिन तालाबन्दी गरेका हुन् । 

विद्यार्थिले जुम्ला बहुमुखी क्याम्पसमा सोलार सिस्टम जडानका लागि आवाश्यक रकम सहयोग गर्न र कर्णाली आन्दोलनको क्रममा क्यामपसमा भएको तोडफोडको मर्मत संभारका लागि आवाश्यक बजेट बिनियोजन गर्न माग गरेका थिए । 

सोहि बिषयमा क्याम्पस प्रमुखले पटक पटक मौखिक तथा लिखित रुपमा स्थानिय विकास अधिकारीलाइ समस्या दर्शाएपनि आलटाल गरी माग सुनुवाइ नगर्ने पक्षमा समन्वय समिति रहेको विद्यार्थिले आरोप लगाएका छन् । 

अनेरास्ववीयू क्याम्पस कमिटि अध्यक्ष कविन्द्र महतले भन्नुभयो, क्याम्पसमा अध्ययनरत सबै विद्यार्थि संगठनले संयुक्त ज्ञापन पत्र बुझाउनुका साथै माग सम्बोधन हुने आशामा बसेपनि चालु आर्थिक वर्षको अन्त्यसम्म आँउदा पनि माग सम्बोधन नभएपछि अनिश्चितकालिन तालाबन्दि गर्न बाध्य भएका हौ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!