४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवारले गरे सर्वसाधारणमाथि कुटपिट गरेपछि…

१ जेष्ठ २०७९, आईतवार १०:०१

जेठ १, जुम्ला | नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् ।

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाईते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ  ।


रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ । उजुरीमा उनीमाथि आवश्यक कारवाहीकाे माग गरिएकाे छ । पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बाेलाएर कुटपिट गरेकाे बताए । पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा  दिएको उजुरी उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाएको र अनुसन्धान भइरहेकाे बताए ।  जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएकाे बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ