जुम्लामा एक हप्तादेखि बेपत्ता बालक मृत फेला

Posted on: 28 Nov, 2019

मंसिर १२, जुम्ला | पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी बिहीबार चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् ।

हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उनले भने, “उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!