कैलालीको लम्की चुहा नगरपालिकामा एमाले विजयी

Posted on: 05 Jul, 2017

असार २१, कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ ।

एमालेका उम्मेदवार महादेव बजगाईं ६ हजार ८ सय १९ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भक्तबहादुर थापाले ६ हजार २ सय ५५ मत प्राप्त गरे ।

उपमेयरमा पनि एमालेकै टिका थापा ७ हजार ९ सय ५ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी धनादेवी थरुनीले ५ हजार ९ सय ८ मत प्राप्त गरेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!