कैलालीमा १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on: 15 Jan, 2020

माघ १, कैलाली | कैलालीमा १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा बर्दगोरीया गाउँपालिका वडा नम्बर १ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरी पक्राउ परेका छन् |

किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!