कालिकोटका एक युवा काभ्रेको सुनकोशी नदीमा बेपत्ता

Posted on: 15 May, 2017

दलसिंह गिरी/जेठ १ कालिकोट । रास्कोट नगरपालिका वडा नं. ८ बढ्ढुंगा स्थायी घर भएका अन्दाजी बर्ष ३४ का उदय टमट्टा आज काभ्रेपचान्चोकको सुनकोशी नदीमा बेपत्ता भएका छन् । रोजगारको शिलशिला काभ्रेपलान्चोक पुगेका टमट्टा आज दिउँसो करिव साढे १ बजे नदीमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन् । 

बेपत्ता टमट्टाको अहिले स्थानीय बासी र कामको शिलशिलामा संगै गएका आफन्तहरुद्धारा खोजीकार्य भैरहेको र जिल्ला सदरमुकामबाट प्रहरी समेत घटना स्थल पुगेको टमट्टा संगै गएका पचालझरना गाउँपालिका वडा नं. ९ तिखातीका बसन्त राज तिरुवाले जानकारी दिएका छन् । 

कालिकोटबाट करिव ७० जनाको टोली रोजगारका लागि काभ्रेपलान्चोक जिल्लामा सडक निर्माणमा लागेको तिरुवाले जानकारी दिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!