अर्धबार्षिक समिक्षा गोष्ठी मान्ममा सम्पन्न

Posted on: 21 Jun, 2017


दलसिंह गिरी/असार ७, कालिकोट । जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण समिति विच भएको अर्धबार्षिक समिक्षा गोष्ठी मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । बालअधिकारका सवालमा काम गर्दै आइरहेका जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण विचको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो । 

बालविवाह न्यूनिकरण, जोखिम बालबालिकाको ब्यबस्थापन, अपांगता भएका बालबालिकाहरुको संरक्षण लगायतका बालअधिकारका सवाल कार्यान्वयनका लागि तयार पारिएको बार्षिक कार्ययोजनाको समिक्षा, कार्ययोजना अनुसारको उपलब्धी, सिकाई र सुधार गर्नपर्ने विषयबारे ब्यापक छलफल भै गोष्ठी सम्पन्न भएको छ । 


सेभ द चिल्डेनको आर्थिक सहयोग जिल्ला बालकल्याण समितिको समन्वय किर्डाक नेपाल कालिकोटको आयोजनामा संचालित गोष्ठीमा बार्षिक कार्ययोजना अनुसार बालहितका गतिविधि संचालन भै आशा लाग्दा उपलब्धी हासिल भएको कार्यक्रममा बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!