शैक्षिक सुधारका एक बर्षे योजना

Posted on: 18 Apr, 2019

बैशाख ५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको शैक्षिक सुधारका लागि बार्षिक योजना बनाइएको छ । गाउँपालिकाको परीक्षाफल अपेक्षाअनुरुप नआए पछि गाउँपालिकाले शैक्षिक सुधार योजना निर्माण गरेको हो । परीक्षाफल राम्रो बनाउन आगामी बर्ष गाउँपालिकाको बजेट विनियोजन गरी उपचारात्मक कक्षाहरु समेत सञ्चालन गर्ने योजना अघि सारेको छ । विद्यार्थीहरुलाई नियमित गराउने, विद्यालय शैक्षिक सुधारका लागि विभिन्न अभिया सञ्चालन गर्ने, कक्षा दोहो¥याउने  कमजोर सिकाइउपलब्धी भएका विद्यार्थीको संख्या घटाउने, सिकाई उपलब्धी बृद्धि गर्ने र विद्यालयको चौतर्फि वातावरण रचनात्मक रुपमा सुधार गर्ने गरी योजना बनायएको छ ।

भिडिसेफ नेपाल कालीकोटको सहयोग तथा सहजीकरण र शान्ति माध्यामिक विद्यालय आयोजनामा भएको १ दिने शैक्षिक सरोकारवालाबीचको गोष्ठीमा उक्त योजना बनाईएको हो । गोष्ठिमा बोल्दै गाउँपालिका शिक्षा विभाग सदस्य पंख बिष्टले समग्र गाउँपालिकाको शैक्षिक बिकासका लागि प्रभावकारी योजना आवश्यक भएको भन्दै त्यसका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने बताए । ‘गाउँ पालिकाको सबै व्दिालयको परीक्षाफल हाम्रो अपेक्षा अनुसार हुन सकेन’ उनले भने, ‘परीक्षाफल राम्रो बनाउन शेैक्षिक सुधारको योजना आवश्यक छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बिष्टले शैक्षिक सुधारका लागि अभियान सञ्चालन गर्नु पर्ने बताए । नन्दादेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक रत्नसिंह साउँदले विद्यार्थीहरुले नियमित विद्यालय नआएकाले परीक्षाफल राम्रो हुन नसकेको बताए । ‘विद्यार्थीहरु अनियमित भएकै कारण कक्षा दोहो¥याउनु पर्ने अवस्था सिर्जना भएको छ’ उनले भने । गोष्ठिमा अग्रबहादुर बिष्टले शिक्षाको गुणस्तर कायम गर्न शिक्षकले प्राप्त गरेका तालिमको सदुपयोग गर्नु पर्ने बताए ।

कार्यक्रमको सहजीकरण गर्दै  भिडिसेफ नेपालका विकास सुपरिवेक्षक शंकरप्रसाद उपाध्यायले बालबालिकालाई विद्यालयमा  नियमित गराउन र विद्यालय छोडेका बालबालिकाहर भर्ना गर्न आफ्नो निरन्तर प्रयास गरिरहेको बताए । विद्यालय छोड्ने अवस्थाका बालबालिकाहरुको पहिचान गरी अभिवावकको आर्थिक बिकासका लागि आय आर्जनका क्रियाकलाप सञ्चालनमा पनि सहयोगको योजना बनाउनु पर्ने बताए ।

सेभ द चिल्डे«नसंगको साझेदारीमा ग्रामीण बिकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल,ले यूवा शसक्तिकरण बुलगारी परियोजनाका माध्यमबाट अति विपन्न गरिब तथा पछाडि पारिएका  बालबालिका तथा युवाहरुको शिक्षा सीप बिकास र आर्थिक क्रियाकलापका अवसर सिर्जना गरी यवा तथा बालबालिकाको जीवनस्तरमा सुधार ल्याउने प्रायास गरिरहेको उपाध्यायले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!