कर्णाली राजमार्ग अवरुद्ध हुदाँ आवतजावतमा समस्या

Posted on: 27 Aug, 2019

भदौ १०, कालीकोट | सोमबार बेलुकादेखि कर्णाली राजमार्ग अवरुद्ध हुदाँ यातायातका साधनहरु ठप्प भएका छन्  | तिलागुफा नगरपालिका-७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा सवारीसाधन आवागमनमा समस्या भएको हो | 

अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । 

‘अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ’, उनले भने, ‘आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!