मारुती सुजुकीको नयाँ स्वीफ्ट कार महेन्द्रनगरमा बजारमा

Posted on: 30 Jun, 2018

असार १६, महेन्द्रनगर | मारुति सुजुकीको थर्ड जेनेरेसनको स्विफ्ट कार महेन्द्रनगर बजारमा उपलब्ध भएको छ । महेँद्रनगरका लागी मारुती सुजुकी गाडीको आधिकारिक वितरक खप्तड मोटर्सले शुक्रबारदेखि सो कार महेन्द्रनगर बजारमा उपलब्ध गराएको हो ।

 खप्तड मोटर्स प्रालिका अध्यक्ष ईश्वरी प्रसाद भट्ट र कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्लले संयुक्त रुपमा उक्त गाडी सार्वजनिक गरेका हुन् । थर्ड जेनेरेसनको मारुती सुजुकी स्वीफ्टको भी एक्सआई मोडलको मुल्य रु २८ लाख ९९ हजार र जे एक्स आई मोडलको मुल्य रु ३१ लाख ९९ बजार तोकिएको खप्तड मोटर्स प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टले बताए । नयाँ स्वीफ्ट गाडी पहिलेको स्वीफ्ट भन्दा नयाँ च्यासिस सहितको नयाँ डिजाईनमा उपलब्ध छ र यसको लुक्स पनि आकर्षक रहेको प्रबन्ध निर्देशक भट्टले बताए । पाँचौ पुस्ताको हियरटेक्ट प्लेटफर्ममा निर्माण गरिएको नयाँ स्वीफ्टमा सुरक्षाका लागि सबै भेरियन्टमा एयर ब्याग र एबीएस स्टेन्डर्ड फिचरको रुपमा उपलब्ध छन् ।


यसमा पेडेस्ट्रीयन प्रोटेक्सन सिस्टम छ र यो सेग्मेन्टको कारमा यस प्रकारको प्रणाली भएको स्वीफ्ट एक मात्र कार रहेको कम्पनीले जनाएको छ । पहिलेको भन्दा चौडाई र ह्वील बेस बढाईएको छ भने क्याविनमा पनि बढी स्पेस छ । नयाँ स्वीफ्टले बजारमा निकै राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको खप्तड मोटर्स प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टको भनाई छ । अहिलेसम्म खप्तड मोटर्सले २४ वटा युनिट बेचिसकेको जनाईएको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!