काभ्रेको जगथलीमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

Posted on: 07 Feb, 2017


माघ २५, काठमाडौं । काभ्रेको डाँडागाउँ स्थित जगथलीमा फागुन ६ गतेबाट निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

सकारात्मक विकास सञ्चार केन्द्रको आयोजनामा हुने उक्त स्वास्थ्य शिविर सिद्दि मेमोरियल बाल तथा महिला अस्पताल भक्तपुर र नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउण्डेशनको विशेषज्ञ चिकित्सकहरुद्वारा फागुन ६,७ र ८ गते विभिन्न स्वास्थ्यका रोगीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिने संस्थाका अध्यक्ष भीम लामाले जानकारी दिए । 

स्वास्थ्य शिविरमा सिद्दि मेमोरियल अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर मधु शाक्यको टोली  र नेपाल स्वास्थ्य शिक्षा विकास फाउण्डेशनका डाक्टर संगम खैजुको टोलीले विशेष स्वास्थ्य परिक्षण तथा उपचार गरिने आयोजकले बताए ।

राष्ट्रिय युवा महासंघ नेपाल काठमाडौं र प्रगतिशिल महिला समाज नेपाल काठमाडौंको सहकार्यमा हुने उक्त क्षेत्रमा स्वास्थ्य शिक्षा लगाएत सबै पूर्वधार र आर्थिक अभावका कारण  विभिन्न रोगको उपचारबाट वञ्चित भएका व्यक्तिहरुको सेवामा थप सहयोग पुर्याउने उद्देश्यले उक्त शिविरको आयोजना गर्ने बताए । 

मकावनपुर, सिनधुली र काभ्रे जिल्लाको सिमानामा पर्ने  श्री कुमारी मा.वि. जगथली डाँडागाँउ गा.वि.स.मा हुने स्वास्थ्य शिविरबाट १० भन्दा बढि गा.वि.सबाट स्वास्थ्य परिक्षण तथा उपचारमा सहभागी हुने कार्यक्रम संयोजक मनिका लोप्चनले जानकारी दिइन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!