वार्षिक ३ करोड लिने गरी बेचिएको थियो काभ्रेमा काटिएको बुद्धचित्तको रूख

Posted on: 12 Apr, 2024

चैत ३०, काठमाडौँ | काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले काटेको बुद्धचित्त (बोधिचित्त)को रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको खुलेको छ ।

अज्ञात समूहले मालाको रुख काटेर घरको ढोका र आसपासमा चारवटा सकेट बम राखेर भागेका थिए । 


घरधनी शेरबहादुर तामाङले बताएअनुसार, दुई/तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रूख बिक्री गरिएको थियो । सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे । उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए । 

प्रहरी स्रोतका अनुसार, अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिले आफूलाई बुद्धचित्तको रुख बिक्री गर्न घरधनीलाई भनेका थिए । यद्यपि, पछि घरधनी तामाङले लामा र त्रिपाठीलाई रुख बिक्री गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ भने फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!