जाँड खाएर तास खेलिरहेका युवाबीच झडप, एकको मृत्यु

Posted on: 12 Mar, 2017

फागुन २९, धुलिखेल । काभ्रेको पनौती नगरपालिका–१० मा आज बिहान ४ बजे एक युवाको मुत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले रातिदेखि नै जाँड खाएर तास खेलिरहेको अवस्थामा आपसमा झगडा हुँदा मुत्यु भएको हुन सक्ने बताउनुभयो ।

मुत्यु हुनेमा काभ्रे जिल्लाको डाँडापारिस्थित गोकुले–४ का सोमबहादुर घलान रहेको बताइएको छ । तास खेल्दै जाँड खाएर आपसमा झगडा भएर मुत्यु भएको भन्ने कुरा आएको छ, हामीले पनि बुझ्दैछौँ । राईले भन्नुभयो – “घटनामा संलग्न रहेको आशङ्कामा चारजनालाई पक्राउ गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!