राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

Posted on: 11 May, 2017

बैशाख २८, बनेपा | काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । 

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । 

“कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भन्नुभयो । रासस 

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!