महोत्तरीमा एक व्यक्ति शंकास्पद अवस्थामा मृत फेला

Posted on: 12 Dec, 2018

मङ्सिर २६, गौशाला | महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ ।

चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!