नवलपरासीमा मोर्चाद्धारा लाठी जुलुस प्रदर्शन

Posted on: 20 Apr, 2017


बैशाख ७, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आज सदरमुकाम परासीमा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको छ । 

मोर्चाको पुर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत मोर्चाले आज जिल्लाको सदरमुकाम परासीमा सयांै कार्यकर्ताहरुको संख्यामा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको हो ।

सरकारले संविधान संसोधन मार्फत मधेशी जनताको जायज मागलाई सम्बोधन नगरि बलजफती स्थानिय चुनाव गराउन खोजेको मोर्चाले आरोप लगाउदै चुनाव बहिष्कार गर्ने उद्देश्य अनुरुप आज जिल्लामा लाठी ज्लुस प्रदर्शन गरेको हो ।

परासीको लोकतान्त्रिक चोक स्थित तमलोपा पार्टी कार्यालयबाट निकालिएको ज्लुस बुद्धचोक, जिल्ला प्रशासन कार्यालय, पोखरा पाली परिक्रमा गर्दै पुनः बुद्धचोक स्थित एक कोणसभामा परिणत भएको थियो । 

जिल्लाको विभिन्न स्थानबाट मोर्चाका कार्यकर्ताहरुले सिटी, लाठी तथा कालो झण्डा लिएर ज्लुसमा सहभागि भएका थिए । मोर्चाको स्थानिय चुनाव बहिष्कार गर्ने र सरकारलाई दबाब दिने उद्देश्यले मोर्चाका घोषित आन्दोलनका विभिन्न कार्यक्रमहरुमा मधेशी जनताहरु समर्थन रहदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!