सम्मुनत समाजको निर्माण गर्न मैले उम्मेद्वारी दिए: पाण्डे

Posted on: 24 Apr, 2017


सरु शर्मा/बैशाख ११, नवलपरासी । “सम्मुनत समाजको निर्माण गर्नका लागि मैले उम्मेद्वारी दिएकी हु ” यो भनाई यो देवचुली  नगरपालिकामा उपमेयर पदमा उम्मेद्वारी दिनुभएकी निर्मला पाण्डेको । 

यही बैशाख ३१ ग्ते हुने भनिएको स्थानिय तहको चुनावमा देवचुली नगरलाई फरक पहिचानका साथ स्थापित गर्न उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वारी दिएकी छन् । पाण्डे देवचुली नगरमा नेपाली काँग्रेसको कार्यकर्ताका रुपमा २०५५ साल देखिनै सक्रिय छन् । 

किसानी  पेशााई मुख्य पेशा बनाएर हिडेकी युवा नेता निर्मला पाण्डेले देवचुली नगरमा रहेका बाढि पहिरो  र डुवानको समस्यालाई व्यवस्थापन गर्ने आफ्नो कार्यतालिकामा समेट्नु भएको छ । उहाले महिलाका अधिकारलाई दृढताका साथ अगाडि बढाउदै महिलाका हरेक समस्या निर्मुल गर्दै लैजाने, लागुपदार्थ दुव्र्यसनिको समस्यालाई जरै देखि उखेलेर फाल्ने, हरेक युवालाई रोजगारीको अवसर प्रदान गर्न अभियाननै बनाएर लैजाने, बालश्रमको प्रयोग हुन नदिने, खानेपानिको व्यवस्थापन , समुदायको चाहाना अनुसार बिधालयको स्तर उन्नति र गुणस्तर बृद्धि  तथा लोपोन्मुख र सिमान्तकृत जातिको सँरक्षणमा आफ्नो समय खर्चिने उहाको मनसाय छ ।

उहा भन्नुहुन्छ, “ नपाली काँग्रेसका महामानव बिश्वशेर  प्रसाद कोईरालाले प्रतिपादन गरेको समाजबादको मुल मर्मलाई आत्म साथ गर्दै यस क्षेत्रमा रहेका अवसरहरुको लागि धार्मिक  र सास्कृतिक धरोधरको सँरक्षण गर्दै अवसरको अधिकतम उपयोग गरी चुनौतीको दिगो रुपमा व्यवस्थापन गर्दै समुन्नत समाजबादको निर्माण गर्नका लागि नै मैले यस अवसरलाई समात्दै उपमेयरमा उम्मेद्वारी दिएकी हु ।

देवचुली नगरमा उपमेयर पदमा उम्मेद्वारी दिएका रेनुका न्यौपाने, सम्झना सापकोटा , सारदा पौडेल, लक्ष्मी बास्ताकोटि लाई पछि पार्दै निर्बाचित हुने दृढ बिश्वासका साथ उनले उम्मेद्वारी दिएकी हुन । मेयर तथा उपमेयर पदमा उम्मेद्वारी दिएका सबैको नाम अहिले क्षेत्रमा गएको छ । क्षेत्रले नै सबै उम्मेद्वारको टुङगो लगाउने गरी छलफल लाई तिर्बता दिएको छ । टुङगो लाग्न नसकेको खण्डमा जिल्लामा पठाउने बताईएको छ ।

यस्तो छ उहाको नेपाली काँग्रेस सँगको यात्रा 

उपमेयर पदमा उम्मेद्वार दिएकी पाण्डे अहिले हाल नेपाल महिला सँघ देवचुली नगर सभापति रहनु भएको छ । 

साथै नेपाली काँगे्रस क्षेत्र नम्बर १ को क्षेत्रिय प्रतिनिधि समेत रहनु भएको छ । २०५५ साल अघि देखि नै काँग्रेसको सिद्धान्तलाई आत्म साथ गर्दै हिड्नु भएकी पाण्डे  २०५५ सालमा नेवि सँघ गाउ समिति सदस्य रहनुभएको थियो । 

२०५७ सालमा नेपाली काँग्रेसको सदस्य बन्नु भयो । २०६० सालमा नेपाल महिला सँघको सदस्य सँगै वडा प्रतिनिधि पनि बस्नु  भयो । नेपाल महिला  सँघ देवचुली नगरको तदर्थ समितिको उपाध्यक्ष २०७१ मा बन्नुभएकी पाण्डे अहिले नगरसभापति हुनुहुन्छ । 

उहाको चाहाना छ सबै धेरै अवसर बोकेको र स्रोत साधनको उपलब्धता भएको देवचुली नगरलाई कृषि मय ठाउ बनाउने त्यसैले उहाले आफ्नो उम्मेद्वारी घोषणा पत्रमा सिचाँईका कुरा उल्लेख गर्न छुटाउनुभएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!