नवलपरासीमा चारजना सदस्य निर्विरोध निर्वाचित

Posted on: 24 Jun, 2017

असार १०, नवलपरासी । यहाँको प्रतापपुर गाउँपालिकामा चारजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

प्रतापपुर गाउँपालिकाको वडा नं ६ बाट दुईजना खुला सदस्य, एक महिला सदस्य र एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत माधवप्रसाद ढुङ्गानाले बताउनुभयो । 

मनोनयनका क्रमका नेपाली काँग्रेसका तर्फबाट मात्र उम्मेदवारी भएपछि चारजना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

वडा सदस्यमा नगिना राजलाल राजभर र राजेन्द्र तेली तथा महिला सदस्यमा साहिदुन नेसा र दलित महिला सदस्यको पदमा प्रभावती चमार निर्विरोध निर्वाचित भएको अधिकृत ढुङ्गानाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!