नवलपरासीको सुस्तामा अहिले सम्म राहात गएन

Posted on: 15 Aug, 2017

श्याम थापा/साउन ३१, नवलपरासी । नवलपरासी जिल्लाको ऐतिहासिक ठाउँ सुस्तामा अहिले सम्म राहात नगएको स्थानियहरुले बताएका छन । 

लगातारको अबिरल बर्षाको कारणले गर्दा सुस्ता गाउँ डुबानमा परेको हो । डुबानमा परेर सुस्ता स्थानियबासीहरुको धनजनको क्षति भएको छ । भने खाद्धन्न साम्रगी,भौतिक तथा पशु चौपायाहरुको क्षति भएको हो । 

यति खेर सुस्ताका स्थानियबासीहरु कतै हिडडुल गर्न पनि पाइरहेको छैन र सुस्ता भुमीमा जानको लागी दुई वटा मात्र बाटो रहेको एउटा बाटो भारतको बिहार राज्यको भुमी प्रयोग गर्न पर्छ भने एउटा बाटो नारायणी नदिको प्रयोग गर्नु पर्छ । 

नारायणी नदिमा पानीको बाहाब बढे पछि स्थानियबासीहरु डुबानमा र हिडडुल गर्नलाई सास्ती भएको सुस्ता बचाउँ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले बताउनु भयो । सुस्ताका स्थानियबासीहरुको खाने कुराहरु र लाउने लताकपडाहरु सबै रुझेपछि राहात काहाबाट कस्ले दिने हो र कस्ले दिन आउने हो भनेर बाटो हेरेर बसेका छन । 

बिभिन्न सघंसस्थाहरुले ठाउँ ठाउँमा राहात बितरण गरेतानि हाल सम्म सुस्तामा कुनै किसिमको राहात नआईपुगेको स्थानिय ओमप्रकाश जैयसवालले बताउनु भयो । साथै आफुहरुलाई नेपाली प्रशासनको ध्यान पनि नदिएको र सुस्ताबासीहरुलाई भारतिय सैनिकहरुले हेलिक्पटर बाट उद्धार गरेको स्थानियबासीहरुले बताउनु भएको छ । 

सुस्ता यति खेर नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा न.५ मा पर्ने गर्दछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!