नवलपरासी: गण्डक नहरमा डुबेर एकको मृत्यु, दुईजना बेपता

Posted on: 07 Feb, 2018

श्याम थापा/माघ २४, सुस्ता । नवलपरासी जिल्लाको भारतीय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु छोरा बेपता भएको छ । 

जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदार बाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र छोरा दुबै बेपता भएको हो । 

नहरमा डुबेर बेपता भएका नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका २ फेनाहाराका अन्दाजी ५५ बर्षका छोटे बनिया र उनको छोरा अन्दाजी २३ बर्षका बृजेश बनिया रहेका छन । 

बेपता भएका बाबु छोराको शवको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले जानकारी दिनु भएको छ । त्यस्तै मदारबाबा मेलाको दर्शन गर्न माथी डाडाँ चढने क्रममा एक भारतियको गएराती मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत उत्तर प्रदेशको माहाराजगंज जिल्ला बस्ने अन्दाजी बर्ष ५२ का भारत टुन्डे पटेल रहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!