विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

Posted on: 18 Feb, 2018

फागुन ६, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ । 

कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाका विपन्न मुसहर समुदायका १५ परिवारका लागि घर निर्माण गरिएको हो । 

नगरपालिकाका तर्फबाट गरिब विपन्न आवास कार्यक्रमअन्तर्गत १० र डब्लुडब्लुएफको भूपरिधि कार्यक्रमअन्तर्गत पाँचवटा घर बनाएर हस्तान्तरण गरिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनीया थारूले जानकारी दिनुभयो । 

डब्लुडब्लुएफले वन र वन्यजन्तुको संरक्षणका लागि निरन्तर कार्य गर्दै आएकाले अतिविपन्न मुसहर समुदायका बासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन उक्त घर हस्तान्तरण गरिएको उहाँको भनाइ छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!