नवलपरासीमा आफ्नै श्रीमती हत्या गरी श्रीमान र सासु फरार

Posted on: 20 Feb, 2018

श्याम थापा/फागुन ८, नवलपरासी । नवलपरासीमा आफ्नै श्रीमती हत्या गरेर श्रीमान र सासु फरार भएका छन् ।

बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँपालिकाको वडा न.३ कुडियास्थित रेवाटोलमा आफ्नै श्रीमतीलाई हत्या गरि श्रीमान र उनको सासु फरार भएका हुन् । 

सुस्ता गाउँपालिका वडा न. ३ कुडिया स्थित रेवा टोलमा बस्ने मोती चन्द बिनले यहि फागुन ६ गते अन्दाजी २५ बर्षीय आफ्नै श्रीमती रानी बिनलाई बिष खुवाएर हत्या गरेको र बिनको शवसमेत बेपत्ता गराएको गाउँलेहरुले आरोप लगाएका छन । 

साथै मोतीचन्द बिन र उनको आमाले रानी बिनको शव बेपत्ता गराई गाउँनै छाडेर भागेको बताइएको छ । बिनको शव खोजीकार्य भैरहेको र फरार रहेका मोती चन्द बिन र उनको आमालाई पनि प्रहरीले खोजीकार्य तिब्र बनाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले जानकारी दिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!