पश्चिम नवलपरासीमा पाठेघरको सफल शल्यक्रिया

Posted on: 07 Oct, 2018

असोज २१, नवलपरासी (रासस) | पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । 

जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो । 

केही दिनअघि ४० वर्षीया सुभावतीदेवी थारूको शल्यक्रिया गरी पाठेघर झिकिएको अस्पतालले जनाएको छ । पहिलो पटक अस्पतालका चिकित्सकको टोलीले पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ । 

विगत वर्षमा बिरामी रिफर सेन्टर र पोष्टमार्टम गृहको रूपमा चिनिँदै आएको जिल्लाको पृथ्वी चन्द्र अस्पतालले पछिल्लो पटक थप गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । 

५० शय्याको जिल्ला अस्पतालमा पर्याप्त जनशक्तिको अभावमा पनि सेवा दिँदै आएको अस्पतालले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!