नवलपरासीमा तीन लाख बढीको अबैध मालसमान नियन्त्रणमा

Posted on: 02 Aug, 2020

साउन १८, नवलपरासी | नवलपरासीको  सीमावर्ती क्षेत्रको बिभिन्न ठाउँहरुबाट  ३ लाख २२ हजार ४ सय ४२ मूल्य बराबरको अबैध मटर, औषधी र खसी प्रहरीले नियन्त्रणमा लिएको छ ।

आईतवार सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा   नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै  करिब ५० हजार मुल्य बराबरको ११ बोरा मटर (केराउ) साथै पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा भारबाट अबैधरुपमा ल्याउदै गरेको करिब १ लाख ८२ हजार ४ सय ४२ मुल्य बराबरको बिभिन्न ५८ किसिमको औषधी सिमा प्रहरी चौकी महेशपुरले   नियन्त्रणमा लिएको हो ।


त्यसैगरि प्रतापपुर गाउँपालिका वडा नं. २ सेमरीमा भारतबाट नेपालतर्फ अबैधरुपमा लैजादै गरेको करिब ९० हजार  मुल्य बराबरको ९ ओटा खसी ईलाका प्रहरी कार्यालय सेमरीले नियन्त्रणमा लिएको हो । 

उक्त मटर, औषधी र खसी मानिसहरुले साईकल र मोटरसाईकलमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु उक्त सामानहरु फाली भगेका थिए ।

नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

- सहबान अन्सारीको सहयोगमा प्राप्त समाचार 

यस बिषयमा तपाइको प्रतिक्रिया...!