ओखलढुंगामा माओवादी केन्द्रका अध्यक्ष नै एमालेमा प्रवेश

Posted on: 19 Apr, 2017

ओखलढुंगा, ६ बैशाख । चिसंखुगढी गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष हरिनन्द घिमिरे नेकपा एमालेमा प्रवेश गरेका छन् । घिमिरेसहित नेपाल शिक्षक संघका सदस्यहरु एमालेमा प्रवेश गरेका हुन् ।

सांसद हर्कबोल राईले उनीहरुलाई प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरुमा शिक्षक संघका पेशल निरौला, शारदाप्रसाद निरौला, सिता निरौला, ज्ञानकुमारी निरौला र लिला निरौला रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट इश्वरीप्रसाद निरौला, मणिकर्ण घिमिरे प्रवेश गरेको एमाले जिल्ला सदस्य बलबहादुर परियारले बताए ।

चिसंखुगढी गाउँपालिकामा एमालेले उम्मेदवार छनौट तथा प्रचार अभियानलाई एकैसाथ अघि बढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!