वृद्धा दम्पतीको शव भेटियो

Posted on: 06 Mar, 2023

फागुन २२, ओखलढुङ्गा | ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । 

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!