ओखलढुंगामा पहिरोले घर पुरिदा एकै परिवारको ४ जनाको मृत्यु

Posted on: 30 Aug, 2018

भदौ १४, ओखलढुङ्गा | ओखलढुंगाको मोलुङ गाँउपालिका ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । 

गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।

बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!