रोकिराखेको मोटरमा टाउको ठोक्किँदा एकको मृत्यु

Posted on: 21 Nov, 2016

मङ्सिर ६, रसुवा । मोटरको ठक्करबाट आज रसुवामा एक व्यक्तिको मृत्यु भएको छ । 

प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा डाँडागाउँ गाविस वडा नं ९ घर भई हाल भूकम्पबाट विस्थापितहरुलाई राखिएको लहरेपौवामा बस्दै आएका ३० वर्षीय आइतराम तामाङ रहेका छन् । 

कालिकास्थानमा रोकिराखेको मोटरमा टाउको ठोक्किएपछि घाइते भएका तामाङलाई त्रिशूली अस्पताल, नुवाकोटमा पु¥याइएको थियो । अस्पताल ल्याई पु¥याउनु अघि नै तामाङको मृत्यु भइसकेको अस्पतालका डा राजु शाक्यले बताउनुभयो । 

पासाङ ल्हामु समितिबाट सञ्चालित बा४ख ५८८८ नंको बसबाट यात्रा गरिरहेका तामाङको टाउको साँघुरो बाटोमा पार्किङ गरिरहेको अर्को कन्टेनर ट्रकमा ठोक्किएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । रासस 6.

यस बिषयमा तपाइको प्रतिक्रिया...!