रसुवामा २ किलो सुनसहित पैदलयात्री पक्राउ

Posted on: 20 Aug, 2023

भदौ ३, रसुवा | रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन्।

रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन्।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए। प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।

उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको डिएसपी केसीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!