पार्वतीकुण्डको केन्द्र थाम्बुचेतमा राख्न माग

Posted on: 16 Mar, 2017

चैत ३, रसुवा । राज्य पुनःसंरचनानुसार नयाँ ढाँचामा स्थापित पार्वतीकुण्ड गाउँपालिकाको केन्द्र थाम्बुचेतमा राख्नुपर्ने माग गर्दै स्थानीयवासीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

गत कात्तिक ८ गते बसेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको निर्णयबमोजिम पार्वतीकुण्डको केन्द्र गोल्जुङबेंसी वा थाम्बुचेतमा राख्नुपर्नेमा जबर्जस्ती गोल्जुङमा राख्ने खोजिएकाले त्यसविरुद्ध ज्ञापनपत्र बुझाइएको स्थानीयवासी सोनामदोर्जे तामाङले जानकारी दिनुभयो । 

तोकिएको स्थानमा केन्द्र सञ्चालन नभए आफूहरुलाई मान्य नहुने जनाउँदै चिलिमे, गत्लाङ र हाकुबासीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!