'योगमाया'लाई लिएर हिडे मुख्यमन्त्री पोखरेल

Posted on: 18 Sep, 2018

प्रेम सुनार | असोज २, बुटवल | मंगलवार विहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतार-हतार गाडीमा चढ्दै थिए । सोही बेला उनको एक दृश्यसंग आँखा जुध्यो । उनको मनले मानेन । उनको पालो ओर्लेर त्यही  दृश्य नजिकै आएर सोध–पुछ गरे  ।

त्यो दृश्य थियो बुटवलको जोसिज चोकमा रहेको युनाईटेड पुस्तक पसल निरको । उनले खल्तीमा पैसा झिकेर उनै ‘योगमाया’ पुस्तक मगाएर पैसा दिई एकछिन आवरण हेर्दै लिएर हिडे ।

निलम कार्कीले प्रकाशित गरेको उक्त पुस्तक यस बर्ष मदन पुरस्कार प्राप्त गरेको पुस्तक हो । पुस्तक प्रेमी मुख्यमन्त्रीलाई उक्त पुस्तक किन्ने संयोग मिलाएको थियो रातोपाटी अनलाईनले ।     रातोपाटीले आज संविधान दिवसको अवसर पारेर ५ नम्वर प्रदेश कार्यालय बुटवलमा स्थापना गरेको छ । 


त्यसै कार्यक्रमको उद्घाटन गर्न मुख्यमन्त्री पोखरेल आएका थिए । त्यसै कार्यक्रम स्थल अगाडी  फर्किने क्रममा ‘योगमाया’  संग उनको आँखा जुधेको थियो । 

तस्वीरः रातोपाटी खोलेर प्रदेश ५ संस्करण पढ्दै मुख्यमन्त्री पोखरेल । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!