बर्दिया प्रदेश च्याम्पियन

Posted on: 07 Mar, 2019

फागुन २३, घोराही (रासस) | बर्दिया प्रदेश नं ५ स्तरीय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ, घोराहीको भरतपुर खेल मैदानमा फागुन २० देखि २३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा बर्दियाले १५ स्वर्ण, आठ रजत र नौ कास्य पदक जित्दै च्याम्पियन भएको हो । 

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति नेपालगञ्ज र जिल्ला खेलकूद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा दाङ पाँच स्वर्ण, नौ रजत र नौ कास्यसहित दोस्रो भयो । बाँके पाँच स्वर्ण, तीन रजत र पाँच कास्य पदकका साथ तेस्रो भएको एथ्लेटिक्सका बरिष्ठ प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

प्रदेश नं ५ का १२ जिल्लाको सहभागिता रहेको उक्त प्रतियोगिताबाट छनोट गरिएका १२ महिला र १५ पुरुष खेलाडीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!